प्रिमियर लिग : उपाधि दाबेदार लिभरपुल र सिटी भिड्दै



एजेन्सी : इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी बिहीबार एकअर्कासँग भिड्दैछन् ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती पौने २ बजे हुनेछ । बहुप्रतीक्षित भिडन्तमा सिटीमाथि लिभरपुलको अपराजित यात्रामा विराम लगाउने ठूलो चुनौती हुनेछ । यता लिभरपुल पनि आफ्नो अपराजित यात्रा कायम राख्ने योजनासहित मैदान आउनेछ ।

स्टार खेलाडीले भरिएका दुबै टिमको बिहीबारको भिडन्तले यस पटकको प्रिमियर लिगको उपाधि दाबेदारको नाम अझै प्रष्ट्याउने आशा गरिएको छ । 

२९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको आतिथ्य गर्न आतुर रहेको सिटीका प्रशिक्षक पेप ग्वार्डिआलाले उच्च फर्म रहेको क्लब लिभरपुलमा जति दबाब छ, त्यति नै आफूमा रहेको बताए । 

उनले यो खेल आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको भन्दै लिभरपुलभन्दा ७ अंकले पछि भएकाले यो दूरीलाई घटाउने राम्रो मौका सदुपयोग गर्ने चुनौती रहेको बताए । त्यस्तै, लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले सिटीविरुद्धको खेल कठिन हुने बताए । सिटी निकै बलियो टिम रहेको र प्रशिक्षक पनि उत्कृष्ट रहेको उनको भनाइ थियो । 

सिटीले गत सिजनमा लिभरपुललाई ५–० ले हराएको थियो । पछिल्ला ११ खेलमा सिटीले तीन बराबरी र सात खेलमा हार बेहोरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्