अफगानिस्तानमा भूकम्प, भारत र पाकिस्तानसम्म धक्का



एजेन्सी : अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्रविन्दु बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबार साँझ गएका उक्त भूकम्पको धक्का पाकिस्तान र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको छ ।

भूकम्पले के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्