शपथका लागि रेशम चौधरी कारागारबाट सिंहदरबारतर्फ



काठमाडौं : डिल्लीबजार कारागारमा थुनामा राखिएका कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीलाई सिंहदरबार लगिएको छ । 

उनले बिहीबार नै सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसद पदको शपथ लिने कार्यक्रम छ। उनलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका लागि सारिएको हो। चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्