माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन रावलको माग



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले आयोजनाको काम अघि नबढाउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आलोचना गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सो सम्झौता अघि बढाउन प्रतिवद्धता जनाएको भएपनि त्यसलाई अघि बढाउन नसकेकोमा नेता रावलको आपत्ति छ ।

नेता रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने सम्झौंता गरिएको ६८ महिना १५ दिन बित्दा पनि सो सम्झौंतामा उल्लेख गरिएको सर्त अनुसार जिएमआर कम्पनीले काम अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न पनि सरकारसँग माग गरे।

 

प्रतिक्रिया दिनुहोस्