बन्द भएको  दुई महिनापछि भाेजपुरमा हवाई उडान पुन: सञ्चालनमा



भोजपुर :  बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो । 

जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवाई सेवा शुरु भएसँगै भोजपुर-काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए । 

उडान सेवा पुनःसञ्चालन भएसँगै दशैंमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ ।  त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्