२ सय ३५ किलोग्राम चरेससहित २ भारतीय पक्राउ



धादिङ : प्रहरीले धादिङको गजुरीबजारनजिकबाट २ सय ३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिक्रीका लागि भारततर्फ चरेस लैजाँदै गरेको अवस्थामा प्रहरीले बिहीबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट भारततर्फ एचआर ३ एसएस ९३७१ नम्बरको कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चरेसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्रसिंह बेघल र पटेवा, सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

यसरी बरामद गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्