अस्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा भारतको राम्रो सुरुवात



एजेन्सी : भारत र अस्ट्रेलिया बीचको चौथो तथा अन्तिम टेस्टमा भारतले बलियो सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३ रन जोडेको छ । 

भारतलाई राम्रो सुरुवात दिलाउने क्रममा भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले शतक प्रहार गरेका छन् । पुजारा पहिलो दिनको खेल सकिदा १ सय ३० रन बनाएर खेलिरहेका छन् । उनले २ सय ५० बलको सामना गर्दा १६ चौका प्रहार गरिसकेका छन् । पुजारालाई हनुमा बिहारीले ३९ रन बनाएर साथ दिइरहेका छन् ।

भारतका ओपनर मयंक अग्रवालले ७७ रन जोड्दा लोकेश राहुल ९ रनमै आउट भए । कप्तान विराट कोहलीले २३ र अजिन्का राहाणेले १८ रन मात्र जोड्न सके । 

बलिङमा अस्ट्रेलियाका जोस हजलउडले ३ विकेट लिए ।

४ खेलको सिरिजमा भारत २–१ ले अघि छ ।

 

प्रतिक्रिया दिनुहोस्