बाख्रा करणी प्रयास गर्ने एक पक्राउ



जनकपुरधाम : नाबालिगसहित महिला बलात्कारका घटनामा वृद्धि भइरहेका बेला जनकपुरधाममा पशु करणी आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय बसपार्कमा बिहीबार अपराह्न बाख्रालाई करणी प्रयास गरिरहेका जनकपुरधाम–२४ का सावरे आलमलाई पक्राउ गरिएको हो ।

स्थानीयको सूचनाका आधारमा जिरोमाइल प्रहरी चौकीले आलमलाई घटनास्थलबाटै पक्राउ गरेको हो । बाख्रासहित आलमलाई जिल्ला प्रहरी कार्यालय धनुषामा लगिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्