अवैध सामान बरामद



वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय बिर्ता, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ रजतजयन्तीचोकबाट अवैध रूपमा सीमापार ओसारपसार हुने पाँच लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको सामान बरामद गरेको छ । 

विभिन्न सवारीसाधन तथा पैदलयात्रीसमेतको जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै  गरेको ना२ह २९६९ नम्बरको इ–रिक्सामा लोड रहेको जुटको बोरामा ४ बोरा चरेश (पित्तल) को कचौरा, २ बोरा इलेक्ट्रोनिक्स समान बिहीबार बरामद गरिएको हो । 

जाँच गर्नेक्रममा इ–रिक्साचालक फरार भएका छन् । करिब.पाँच लाख ५४ हजार चार सय ३० रुपैयाँबराबरको उक्त सामान तथा इ–रिक्सासमेत वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

वीरगन्ज भन्सारको मूलगेटमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल भन्सार गस्ती टोलीले नियमित जाँच गर्दे आएको छ । सशस्त्र प्रहरीको जाँचपछि सय मिटर वर इनर्वा प्रहरी चौकीका प्रहरीले समेत जाँच गर्ने गरेका छन् । त्यसकै केही वर पर्सा प्रहरीको अपराध नियन्त्रण टोलीले पनि जाच गर्दै आएको छ ।

 तीनवटा चेकप्वाइन्ट पार गरी तस्करले समान वीरगन्जमा भित्र्याएका छन् । प्रहरीकै मिलोमतोमा ती सामान भित्रिएको आशंका गरिँदैछ ।   

प्रतिक्रिया दिनुहोस्