प्रदेश २ सरकारले कर्मचारीको स्थायी पदपूर्ति प्रक्रिया थाल्यो



जनकपुरधाम : प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया थालेको छ ।

संघीय सरकारले समयमा कर्मचारी नपउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै प्रदेश सरकारले स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले प्रादेशिक लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । 

यसैगरी प्रदेश सरकारले माघ १ गते मकरसंक्रान्ति (माघी) पर्व र मधेश आन्दोलनका सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०६३ साल माघ ५ गते मधेश विद्रोहका क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत दिएको दिनलाई मधेशमा बलिदानी दिवसका रूपमा मनाइँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्