१३ दिन सार्वजनिक बिदा थपिँदै (सूचीसहित)



काठमाडौं : सरकारले हाल कायम सार्वजनिक बिदामा १३ दिन थप गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो । 

गृहमन्त्री  रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन् । 

समितिले अन्य बिदा भने यथावत रहने बताएको छ। 

प्रतिक्रिया दिनुहोस्