रेशमको शपथग्रहणका कारण तराई मधेसमा खुसियाली



जनकपुरधाम : कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीलाई शपथग्रहण गराइएकोमा जनकपुरधामसिहत तराई मधेसका विभिन्न जिल्लामा खुसीयाली मनाइएको छ । 

चौधरीलाई शपथग्रहण गराउनु मधेसवादी दलको राजनीतिक निष्ठाको जित भएको र यसले निष्पक्षतापूर्वक न्याय सम्पादन हुने आधार तयार भएको भन्दै राजपा नेपाल र केही ठाउँमा संघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ताहरूले दीप प्रज्ज्वलन गर्दै खुसी सातासाट गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्