वरिष्ठतम न्यायाधीशको हैसियत मुल्तबीमा



काठमाडौं : चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश भए लगत्तै इजलास खोसिएका दीपकराज जोशीको वरिष्ठतम हैसियत र कार्यालय (चेम्बर) खोसिएको छ । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

राणाले पद सम्हाले लगत्तै जोशीलाई राजीनामा दिएर अदालतलाई निकास दिन सुझाएका थिए । त्यसको भोलिपल्टै जोशीको वरिष्ठतम न्यायाधीशको हैसियत खोेसिएको हो । 

दोस्रो वरियतामा रहने न्यायाधीशलाई दिने गरिएको एक नम्बर इजलास दीपककुमार कार्कीलाई दिइएको छ । सर्वोच्चको न्यायाधीशहरुको वरियतामा जोशीपछि कार्की आउँछन् । तर बिहीबारबाटै जोशीको कार्यकक्षमा दीपक कार्कीलाई सारिएको छ ।

बैठकले संवैधानिक इजलासको पुनर्गठन समेत गरेको छ । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की छन् ।

बिहीबारको न्यायपरिषद बैठकमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सहभागी गराइएन । 

संवैधानिक इजलासमा समेत नपारिएका वरिष्ठतम न्यायाधीश जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट समेत हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्