प्रदेश ३ मा ८७ प्रतिशतले बढ्यो जनप्रतिनिधिको तलब



मकवानपुर : प्रदेश ३ सरकारले मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७.५ प्रतिशतसम्म वृद्धि गरेको छ । बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै ८७.५ प्रतिशतसम्म बढेको हो । 

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका वेला प्रदेश सरकारको यो निर्णय आएको हो । बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिकका सदस्यहरूको सेवा सुविधा एकैपटक झण्डै दोब्बर वृद्धि गरेको हो । 

निर्णयअनुसार आठ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब १५ हजार पाउनेछन् । यो वृद्धि ८७.५० प्रतिशत हो । सरकारको यो निर्णयसँगै उपमहानगरपालिका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्