मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा थपलिया



हेटौँडा: मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा जेएन थपलिया नियुक्त भएका छन् । प्रदेश ३ मन्त्रिपरिषद्को बिहीबारको बैठकले चितवनका थपलियालाई नियुक्त गरेको हो ।

 

उनी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाका सम्धीसमेत हुन् । बैठकले परियोजनाहरूको प्राथमिकीकरण लगायत विभिन्न कार्यविधि र मस्यौदा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७५ संशोधन र सहकारीमा आधारित सामूहिक खेती कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

साना कृषि सडक निर्माण, मर्मत तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रम कार्यान्वयन, विदेशबाट ज्ञान हासिल गरेका तथा शिक्षित युवा लक्षित व्यावसायिक कृषि कार्यक्रम सञ्चालन कार्यविधि, उच्च मूल्यका कृषि उपजहरूको प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि, चौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि र भैँसी सम्बद्ध व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गरेको आर्थिक मामिलामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्