भारतमा जारी आन्दोलनले प्रभावित ‘दबंग ३’ रिलीज भएकै दिन अनलाइनमा ‘लिक’



एजेन्सी : बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘दबंग –३’ भारतमा जारी नागरिक संसोधन विद्येयकको विरोधमा जारी आन्दोलनमो चपेटामा परेको छ । त्यति मात्र होइन रिलीज भएको पहिलो दिन नै अनलाइनमा लिन भएको छ ।

प्रायः रिलीजपछि धेरै कमाई गर्ने फिल्महरुमा सलमान खानको फिल्म पर्ने गर्छ । तर यो पटक भने सलमान खानलाई प्रदर्शन र अनलाइनमा लिक भएपछि घाटा लागेको छ ।

रिपोर्टको अनुसार फिल्म तामिलका रक गायकहरुले लिक गरेका हुन् । पहिले पनि हाउसफुल–४, बाला, साहो र २.० जस्ता फिल्महरु उनीहरुको निशानामा परिसकेको थियो ।

प्रभु देवाद्वारा निर्देशित यो फिल्मको पहिलो र दोस्रो भाग अभिनव कश्यप र अरबाज खानले गरेका थिए । ‘दबंग –३’ मा सलमान खानलगायत किच्चा सुदीप, सोनाक्षी सिन्हा, सई मान्जरेकर, अरबाज खान र प्रमोद खन्नाको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्