नेकपाको कमिटी एकीकरण प्रक्रिया लम्बियो



नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ । दुई दिनसम्म चलेको सचिवालय बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि दुई अध्यक्षलाई दिएको हो ।

बिहिबार अपरान्हसम्म प्रदेश २ बाहेक ६ वटा प्रदेशले आआफ्नो प्रतिवेदन सचिवालयमा बुझाइसकेको छ । नेतृत्व विवादले विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् ।

बैठकले एकिकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरी दुई अध्यक्षलाई जिम्मा दिइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्