वडा अध्यक्षले नै गरे मेयरको कार्यकक्षमा तोडफोड



कैलाली: कैलालीको घोडाघोडी नगरपालिका कार्यालयमा वडा अध्यक्षले नै तोडफोड गरेका छन् । वडा नम्बर ८ का वडा अध्यक्ष भिम बोगटीले नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट नगरपालिका मेयर ममता प्रसाद चौधरीको कार्यकक्ष बाहिरको सिसा फुटेको छ ।

 

नगरपालिकाका कर्मचारीको हेलचक्राईं, सुस्त कार्यसम्पादन तथा सेवाग्राहीलाई दुःख दिने प्रवृति रहेको भन्दै वडा अध्यक्षले मेयरको कार्यकक्षमा तोडफोड गरेको बताएका छन् ।  उनले भने, ‘ कर्मचारीहरुले जनप्रतिनिधीहरुलाई अटेर गर्छन् । सेवा ग्राहीहरुलाई अनावश्यक रुपमा दुःख दिन्छन्, यस बारेमा कुरा गर्दा मेयर साहेव कहिल्यै गम्भीर हुनुभएन ।’

 

अव्यवस्थित नगरपालिका सुधारका लागि आफूहरुले पटक-पटक समन्वय गरे पनि मेयर ममता प्रसाद चौधरीले चासो नदिएको वडा अध्यक्षले द नेपालटपलार्इ बताए ।

प्रतिक्रिया दिनुहोस्