मलेसियामा कामदारको तलव बढ्दै, न्युनतम नै ३३ हजार



काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ यही जनवरी १ देखि भव्यताका साथ लागू हुँदैछ । यसको सरकारले भव्य तयारी पनि गरिरहेको छ ।

यही मेसोमा मलेसिया जान चाहने कामदाहरुको लागि खुसीको खबर थपिएको छ । जनवरी १ देखि मलेसियामा काम गर्न जाने कामदाहरुको तलव वृद्धि हुने भएको छ । मलेसियन सरकार विदेशी कामदारहरुको तलव वृद्धि गर्ने निणयसँगै गरेको छ । नेपाली कामदारहरु अहिले पनि मलेसियामा काम गरिरहेका छन् । मलेसियाले सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी यस्तो निर्णय गर्न लागको हो । मलेसियाको मानव संशाधन मन्त्रालयले श्रमिकको न्यूनतम तलब जनवरी १ देखि बढाउने निर्णय गरेसँगै अब त्यहाँ काम गर्न जाने कामदारको तलव पनि बढ्ने भएको हो । मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट दिइनेछ ।

यसरी हेर्दा कामदाहरुले प्रतिमहिना न्यूनतम ३३ हजार पाउनेछन् । मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारहरुलाई राहत हुनेछ । यसका साथै नेपाल भित्रिने रेमिटयान्समा पनि वृद्धि हुनेछ ।

न्यूनतम तलव लागु हुने ५७ वटा शहरको नाम सार्वजनिक गरेकोे छ । जसअनुसार ती शहरहरुमा जोहोरबरु, इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर, बाटु पहट रहेका छन् ।

यस्तै अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन, निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।
त्यसैगरी तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलवमान लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्