‘दबंग–३’ बाट किन हटाइयो ९ मिनेटको दृश्य ?



एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको गत डिसेम्बर २० तारिखमा रिलीज भएको फिल्म ‘दबंग–३’ बाट ९ मिनेट कटौती गरिएको छ । फिल्मको समय दुई घण्टाभन्दा बढी भएकोले सर्वत्र विरोध हुन थालेपछि ९ मिनेटको गीत फिल्मबाट हटाइएको हो ।

फिल्ममा धेरै गीतहरु भएकोले पनि आलोचना भइरहेको स्रोतले जानकारी दिएको छ । किनकी फिल्मका गीतहरुले कहानीमा खलल पुर्याएको आरोप समेत लगाइएको छ ।

विरोधपछि फिल्म रिलीज भएको दोस्रो दिन ९ मिनेटको गीत हटाएर फिल्म प्रदर्शन गर्न निर्देशन दिइएको छ । उक्त गीतको बोल ‘आवारा’ रहेको छ । गीतमा सलमान खान र सई मान्जरेकरको नृत्य रहेको छ ।

रिलीज भएको पहिलो दिन २४.५० करोड कमाएको यो फिल्मले दोस्रो दिन २४.७५ करोड कमाएको छ । फिल्ममा सलमान खान, सोनाक्षी सिन्हालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्