रूसको विस्फोटनमा परी मृत्यु हुनेको स‌ंख्या ३७ पुग्यो



मस्को: रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ। विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तिहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या ३७ पुगेको हो ।

 

नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भए पनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन् ।

 

मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ। घटनास्थलबाट दुई जना बालबालिका सहित छ जनालाई उद्धार गरिएको छ ।

 

अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भइरहेको उद्धारकर्ताहरुले बताएका छन्। घटनास्थलको तापक्रम माइनस २७ डिग्री सेल्सीयस रहेको बताइएको छ । पूर्वी मस्कोबाट करिब एक हजार ७०० किलोममिटर टाढा रहेको घटनास्थलमा ८६ आवासीय भवन रहेका थिए ।

 

ती घरहरुमा करिब एक हजार एक सय व्यक्तिको बसोवास रहेको थियो। यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्ट ध्वस्त र १० वटा क्षतिग्रस्त भएको बताइएको छ। विस्फोटबाट नयाँ वर्षकै दिनमा दर्जनौ मानिस घरवारविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्