चार किलो सुनसहित चार जना पक्राउ



काठमाडौं: चार किलो सुनसहित धादिङको गजुरीबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध सुन ल्याउँदै गरेका बेला सञ्जित वाइवासहित चार जनालाई प्रदेश-३ प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्ने अन्यमा तारकेश्वर नपा– ५ का २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङ छन् । मोटरसाइकलमा सुन लिएर आउँदै गरेका उनीहरूलाई राति साढे १० बजे पक्राउ गरिएको प्रदेश-३ प्रहरी कार्यालयका डिआइजी दीपककुमार थापाले जानकारी दिए ।

 

आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका सबै अभियुक्त तथा घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । उनीहरु चढेको दुई वटा मोटरसाइकल र ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्