प्रिमियर लिगमा लिभरपुलको पहिलो हार, सिटीसँग २–१ ले पराजित



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुल म्यानचेष्टर सिटीसँग २–१ ले पराजित भएको हो । 

घरेलु मैदानमा भएके खेलमा सिटीले खेलको ४०औं मिनेटमा सर्जियो अग्विरोको गोलबाट अग्रता बनाएको थियो । ६४औं मिनेटमा रोबर्टो फिर्मिनोले लिभरपुलका लागि बराबरी गोल गरे ।

७२औं मिनेटमा लिरोए सानेले गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा सिटीले जित हात पारेको हो । 

जितपछि सिटी २१ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले मात्रै पछि छ । लिभरपुलको ५४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्