ओलीको अभिनन्दन बहिष्कार गर्न कांग्रेसको अपिल



इलाम: नेपाली कांग्रेस इलामले लगानी सम्मलेनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ ।

 

कांग्रेसले १७ बुदे अपिल जारी गर्दै ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीलाइ इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो ।

 

कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र अधिनाकबादी शासनका कारण असफलता तर्फ उन्मुख भइरहेका आरोप लगाउँदै हत्या, हिँसा, बलात्कार तस्करी र भ्रष्टचारलाई संस्थागत गरेर जनतामाझ आलोचित भइरहेको ओलीलाई इलाम नगरबासीले तिरेको करको दुरुपयोग गर्दै आफ्ना कार्यकर्ता भरणपोषण गर्न नागरिक अभिनन्दन गर्ने निर्णयले नगरबासी र सम्पुर्ण इलामबासीको चेतनाको अबमुल्नय र मानमर्दन गरेको उल्लेख गरेको छ ।

 

नेपाली कांग्रेसका सभापती हिमालय कर्मचार्यले काँग्रेसका नेता एवम कार्यकर्ताहरुलाई ओलीको अभिनन्दन बहिष्कार गर्न आग्रह गरेका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्