चिसोले कठ्याङ्ग्रिएर काठमाडौंमा एकजनाको मृत्यु



काठमाडौं : चिसोले कठ्याङ्ग्रिएर काठमाडौंमा एकजनाको मृत्यु भएको छ ।  सडकमा भिख माग्ने नाम थर, ठेगाना नखुलेका एक पुरुषको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो ।  

शुक्रबार बिहान महाराजगञ्जस्थित सडकमा लडिरहेको अवस्थामा फेला परेका ती व्यक्तिलाई प्रहरीले उठाएर शिक्षण अस्पताल लगेको थियो । अस्पताल पुर्‍याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्