सुनको मूल्यमा वृद्धि



काठमाडौं : आज (मंगलवार) सुनको मूल्य थप तीन सय रूपैयाँले बढेको छ । आज नेपाली बजारमा सुन प्रतितोला बढेर ७२ हजार २ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ७१ हजार ९ सय रूपैयाँ थियो । सुनसँगै चाँदीको मूल्यसमेत बढेको छ । एकै दिनमा १५ रूपैयाँले बढेर चाँदीको मूल्य ८ सय ७५ रूपैयाँमा कारोबार भएको हो । हिजो चाँदी प्रतितोला ८ सय ६० रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण स्थानीय बजारमा सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १४ सय ८९ डलर पुगेको छ । सोमबार प्रतिऔंस १४ सय ८२ डलर थियो । एक सातामा सुन प्रतिऔंस १२ डलरले बढेको छ । एक साताअघि प्रतिऔंस १४ सय ८१ डलर थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेपछि स्थानीय बजारमा समेत त्यसको प्रभाव परेको छ । एक सातामा स्थानीय बजारमा सुन प्रतितोला सात सय रूपैयाँले बढेको छ । साताभरिमा चाँदीको मूल्य २५ रूपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्