यस्तो हुनेछ जापानको भिसा र काम



काठमाडौं: हाल २७ वटा विविध शीर्षकका भिसामा जापानमा बस्न पाइनेछ, जसमा अब दुईवटा थपेर २९ वटा भिसा प्रदान गर्ने तयारी गरिँदैछ ।

 

त्यसमा अर्धदक्ष र दक्ष कामदार छुट्याइएको छ, जसको भिसा अवधि पाँच वर्ष कायम गरिएको छ । दक्ष कामदारको हकमा भने भिसा नवीकरण हुनसक्छ ।

 

यो नीतिअन्तर्गत करिब १४ वटा औद्योगिक क्षेत्रमा कामको अवसर पाइनेछ, जसमा होटल, रेस्टुराँ, निर्माण, कृषि, उद्योग, नसिङ केयर आदि छन् । भाषा र सीप अनिवार्य गरिएको छ र भाषा परीक्षामार्फत कामदार छनोट गरिने खबर साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्