विद्यार्थीलाई र्‍यागिङका नाममा दुःख दिने एक पक्राउ



जनकपुरधाम : जानकी मेडिकल कलेजमा र्‍यागिङका नाममा विद्यार्थीलाई दुःख दिने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि कलेजका डा. राकेश पाण्डे रहेको प्रहरीले जनाएको छ । 

 

पाण्डेले रातको समयमा मादक पदार्थ सेवन गरी विद्यार्थीलाई गाली गलौज गर्ने तथा केटी जिस्काउने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिए । 

 

पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्