जनकपुरबाट चन्दा र रसिद सहित विप्लवका समुहका दुर्इ कार्यकर्ता पक्राउ



 

जनकपुरधाम । जनकपुधामबाट धनुषा प्रहरीले बिहीबार विप्लव समूहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ।

 

विप्लव समूहको नाममा चन्दा उठाइ रहेको अवस्थामा महोत्तरी बर्दिवासका अमर क्षेत्री र लमजुङ सुन्दरबजारका राजु कार्कीलाई धनुषा प्रहरीले पक्राउ गरेको हाे ।

 

जनकपुर-७ मा विप्लव समुको नाममा चन्दा उठाई रहेको खबर पाएपछि धनुषा प्रहरी टाेली त्यसतर्फ खटिएकाे थियाे । 

 

धनुषा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले क्षेत्री र कार्कीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रवीण शाहीले जानकारी दिए ।

 

पक्राउ उनीहरुकाे साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकल, चन्दा रसिद लगायतका दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ । 

 

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्