चीनमा आठ लाख सामाजिक संस्था दर्ता



चीन: चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन् । बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उनले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताए ।

 

चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उनको भनाइ छ । देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिए ।

 

चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन् ।  ती स्वयमसेवकहरुले एक अर्ब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताए ।

प्रतिक्रिया दिनुहोस्