अमेरिकाको सबैभन्दा शक्तिशाली महिला पेलोसी



एजेन्सी : अमेरिकाको डेमोक्रेटिक पार्टीकी सांसद नैन्सी पेलोसी अमेरिकाको प्रतिनिधिसभाको सभामुख चुनिएकी छन् ।

सभामुख बनेसँगै पेलोसी अमेरिकाको सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । उनी अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति बनेकी छन् ।

७८ वर्षीय पेलोसी राष्ट्रपति ट्रम्पको मैक्सिकोको सीमामा पर्खाल लगाउने निर्णयको खिलाफमा थिइन् । अमेरिकामा हालै भएको मध्यावधि चुनावपछि तल्लो सदन अर्थात हाउस अफ रिप्रजेन्टेटिवमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको थियो । 

पेलोसीले अमेरिकी संसदमा विपक्षको नेतृत्व पनि गर्नेछिन् । सन २००७ मा पनि उनी केही समयका लागि सभामुख बनेकी थिइन् ।

पेलोसी २०१८ को मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको रणनीतिकार पनि रहेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्