इलाममा प्रधानमन्त्रीको अभिनन्दन हुँदै, कांग्रेसद्वारा बहिष्कार



काठमाडाैं : इलाममा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिनन्दन कार्यक्रमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । 

इलाममा शुक्रबार हुनलागेको लगानी सम्मेलनमा इलाम नगरपालिकाले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गर्दैछ ।

इलाममा अहिले चोकचोकमा प्रहरी तैनाथ गरिएको छ । प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै इलाममा अहिले एक हजार सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रधानमन्त्रीको सुरक्षाका लागि प्रहरीसँग सेना पनि परिचालन गरिएको छ ।

यता नेपाली कांग्रेसले भने लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्ने जनाएको छ । उसले आम नागरिकसँग पनि कार्यक्रम बहिस्कार गर्न अपिल गरेको छ । 

कांग्रेसले बिहीबार १७ बँुदे अपिल जारी गर्दै ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिएको छ ।

कांग्रेसले प्रधानमन्त्रीको अभिनन्दन नागरिकको करको दुरुपयोग भएको ठहर गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्