ठूला माछामाथि अख्तियारकाे जाल



काठमाडाैं : पछिल्लाे समय निकै चर्चामा रहँदै अाएकाे पप्पु  कन्स्ट्रसनमाथि अख्तियारले मुद्दा दायर गर्ने भएकाे छ । बबईको पुल प्रकरणमा पप्पुमाथि छानबिन गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि पुलमा व्यापक अनियमितता तथा गुणस्तरहिन सामाग्री प्रयाेग भएकाे बलियाे अाधार भेटाएपछि मुद्दा दायर गर्ने अन्तिम तयारी थालेकाे हाे ।

 

 पप्पु कन्स्ट्रसनद्वारा निर्माण सकिएकाे गुलरिया र बाह्र बर्दिया नगरपालिका जाेड्ने बबर्इ पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयाेग भएकाे ठहरिएपछि अख्तियारले मुद्दा दायर गर्न लागेकाे हाे । 

 

 पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको उक्त पुल हस्तान्तरण नहुँदै २०७४ साउन २९ गते भत्किएको थियो। पुल निर्माण थालेदेखि नै बाङ्गाे देखिएकाे (ठेक्का नम्बर mw/pro-3-brp-73-067/068) पुल उद्घाटन नहुँदै भत्किएकाे अायाेगबाट गठित कार्यटाेलीकाे प्रतिवेदनसहित उजुरी (उ.द.त ८५४  मिति २०७४-०५-०४) ग्रुप दर्ता भएकाे उक्त प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रबाट भएकाे प्राविधिक परिक्षण प्रतिवेदनमा ग्यामिन पर्खालकाे ढुङ्गा भराएर ग्यामिन पर्खालकाे तार जाली एप्राेच सडककाे कम्प्याक्सन र पुलकाे एस्पान एलसिअार भएकाे नदेखिएकाे छ । 

 

१६ करोड ६८ लाख रुपैयाँमा ठेक्का लागेको उक्त पुल २०७३ असार मसान्तसम्म सकिनुपर्थ्यो । सम्झौता समयमा निर्माण पूरा भएन। सडकले हर्जाना तिराएर २०७४ कात्तिक १९ गतेसम्ममा निर्माण सक्न समय दिएको थियो।

 

निर्माण व्यावसायी तथा पप्पु कन्स्ट्रसनका तत्कालिन प्राे-प्राइटर हरि नारायण राैनियार तथा त्यस अायाेजनासँग सम्बन्धित सडक विभागका उच्च पदस्थ कर्मचारीमाथि पनि अख्तियारले मुद्दा दायर गर्ने उच्च स्राेतले जनाएकाे छ । 

 


सहरी विकास तथा भवन निर्माण विभागका ठाकुर पनि अख्तियारकै फन्दामा

सहरी विकास तथा भवन निर्माण विभागका सिडिइ सुरेश ठाकुर पनि अख्तियारकै फन्दामा परेका छन् । उनीमाथि अायाेगले अकुत सम्पति अार्जन गरेकाे भन्दै मुद्दा दायर गर्ने तयारी गरेकाे हाे ।

 

ठाकुरलार्इ ३ कराेडभन्दामाथिकाे बिगाे राखेर अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेकाे उच्च स्राेतले बतायाे । यसैगरी स्राेतका अनुसार निकट भविष्यमा सिक्टा सिँचार्इ अायाेजना र नेपाल वायू सेवा निगमकाे भ्रष्टाचार सम्बन्धी मुद्दा दायर हुने भएकाे छ । 

प्रतिक्रिया दिनुहोस्