मैथिली गीत ‘अहाँक प्रेम यै प्रिया’को म्युजिक भिडियो सार्वजनिक 



काठमाडौं : गायक सन्नु कुमार र ज्योती विकको स्वरमा रहेको ‘अहाँक प्रेम यै प्रिया’ बोलको गीती म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सरोज मण्डलको शब्द र शैलेन्द्र विश्वकर्माको संगीत रहेको गीतमा प्रेमको प्यारो अनुभवलाई प्रस्तुत गरिएको छ । 

रन्धीर श्रेष्ठद्वारा निर्देशित गीतको भिडियोमा अशोक आर्यन यादव र पुष्पा यादवले अभिनय गरेका छन् ।

गीतको नृत्यनिर्देशक साजन तामाङ छन् भने गीतलाई राकेश झाले निर्माण गरेका छन् ।

 

भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस्