नयाँदिल्लीमा नेपाली एकता मञ्च



कञ्चनपुर : भारतका विभिन्न ठाउँमा छरिएर रहेका प्रवासी नेपालीका हकहितका लागि नयाँदिल्लीमा अपि साइपाल नेपाली एकता मञ्च गठन भएको छ ।

प्रवासमा छरिएका प्रवासी नेपालीलाई समाजवादी विचारधारा र कार्यशीलीमार्फत एकताबद्ध प्रगतिउन्मुख गराउने उद्देश्यले मञ्चको गठन भएको मञ्चसँग आबद्ध सञ्चारकर्मी विष्णुप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार मञ्चले सदस्यहरूको आर्थिक अवस्था मजबुत बनाउन वचत तथा ऋृण परिचालनसम्बन्धी योजना अघि सारेको छ ।  मञ्चको अध्यक्षमा दिनेश रावल छन् । ४१ जनाको केन्द्रीय कार्यसमिति हुने मञ्चका दुई राज्यमा र एक एरियामा कमिटी हुने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्