प्रथम मनमोहन स्मृति क्रिकेटका लागि प्रदेश २ का खेलाडीको विदाइ



जनकपुरधाम : सुनसरीको इनरुवामा हुने प्रथम मनमोहन स्मृति राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सहभागी हुने प्रदेश २ का खेलाडीलाई विदाइ गरिएको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले शुक्रबार आफ्नै निवासमा खेलाडीलाई विदाइ गरेका छन् । उनले १४ जना खेलाडीसँगै कोच र व्यवस्थापक गरी १६ जनालाई विदाइ गरेका हुन् । 

२१ गतेदेखि सुरु हुने प्रतियोगितामा आयोजक इनरुवा टिम, सात प्रदेश, तीन विभागीय टोली र भारत विहारको सुपौल टिम गरी  जम्मा १२ ओटा टिम सहभागी हुनेछ ।

प्रदेश २ ले आफ्नो पहिलो खेल नेपाल पुलिस क्लबसँग २१ गते खेल्नेछ । त्यस्तै दोस्रो खेल टिम इनरुवासँग २३ गते खेल्नेछ ।

प्रदेश २ को टोलीको नेतृत्व महबुब आलमले गर्दैछन् । टोलीमा प्रदेशको आठै जिल्लाका खेलाडीको सहभागिता छ । टिमको कोच प्रकाश शर्मा छन् भने व्यवस्थापक शोभाकान्त पाण्डेय छन् ।

 

प्रतिक्रिया दिनुहोस्