बम्जनको आश्रममा प्रहरीको छापा



काठमाडौं : नेपाल प्रहरीले तपस्वीका रूपमा चर्चामा आएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार बिहान आश्रममा छापा मारेको हो । 

फोरेन्सिक विशेषज्ञसहित प्रहरीको ठूलो टोली बमजनको सिन्धुपाल्चोक, बाडेगाउँस्थित आश्रममा खोजतलास गर्न बिहान साढे ११ बजे पुगेको थियो ।

जिल्ला अदालतले बिहीबार प्रहरीलाई बम्जनको आश्रममा खानतलासीका लागि अनुमति दिएको थियो ।

बम्जनका अनुयायी सञ्चलाल वाइवाको हत्या सिन्धुपाल्चोक आश्रममै गरिएको र उनको लास त्यहीँ दफन गरिएको अनुमान गरिएको छ ।

अर्का अनुयायी सुरेश आले, दुई आनी चुन्मो र डोल्मो पनि सिन्धुपाल्चोक आश्रमबाटै बेपत्ता भएकाले प्रहरीले त्यहीँबाट खोजतलास थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्