वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षमाथि कर छलीको आरोप



काठमाडौं : राजश्व अनुसन्धान विभागले म्यानपावर व्यवसायीहरुमाथि गरिरहेको अनुसन्धानमा स्काई ओभरसिज सर्भिसेज प्रालिले ६ करोड राजश्व छलेको देखिएको छ ।

विभागले शुक्रबार ओभरसिजका सञ्चालक बलबहादुर तामाङविरुद्ध बिगो र जरिवाना गरी १९ करोड ५७ लाख माग दाबी गर्दै जिल्ला अदालतमा मुद्दा समेत दर्ता गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष पनि रहेका तामाङको म्यानपावरले ६ करोड ४२ लाख रुपैयाँ कर छली गरेको भेटिएको विभागले जनाएको छ ।

स्काई ओभरसिजविरुद्ध १३ करोड ४ लाखको जरिवाना असुल गर्न रिटमा माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्