नेपाल भ्रमण वर्ष सफल पार्न प्रदेशस्तरीय समिति गठन गरिने



काठमाडौं : सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन प्रत्येक प्रदेशमा पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समितिको बैठकले प्रदेशस्तरीय समिति बनाउने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान उपसमितिलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै बैठकले कार्यक्रम संचालन कार्यविधि तयार पारी मन्त्रिपरिषद बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए । 

मन्त्री अधिकारी अध्यक्ष रहेको मुल आयोजक समितिमा प्रदेश मूख्यमन्त्रीहरु पनि छन् ।

मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन निजी क्षेत्रलाई पनि आग्रह गरेका छन् । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्