पर्समा राख्नुस् यी ४ चीज, कहिल्यै हुँदैन पैसाको कमि



एजेन्सी : हरेक मानिस पैसा राख्नको लागि नै पर्सको प्रयोग गर्ने गर्छन् । प्राय मानिसहरु पर्समा पैसाबाहेक पनि थुप्रै चीजहरु पर्समा राख्ने गर्छन् । तर, कमैलाई मात्र थाहा होला पर्समा राखिने चीजले आम्दानी हुने र पैसाको अभाव हुने कुरा निर्धारण गर्ने गर्छ ।

कुनै चीन सधैँ पैसासँगै पर्समा राखिन्छ । त्यो चीज पर्समा हुँदासम्म सधैँ पैसाको अभाव भइरहने पनि हुनसक्छ । त्यसबारे हामीलाई थाहा नभइरहेको पनि हुन सक्छ ।

त्यसो त पर्समा राख्ने केही यस्ता चीज छन् जसले तपाईंलाई कहिल्यै पैसाको अभाव हुन दिँदैन ।

ती केके हुन् ?

गोमती चक्र
गोमती चक्र गोमती नदीमा मात्र पाइन्छ । गोमती चक्रले भाग्यको ढोका खोलिदिने विश्वास रहँदै आएको छ । कुनै कुनै क्षेत्रमा गोमती चक्रको दिपावलीको समयमा पूजा गर्ने परम्परा पनि रहेको छ । यो चक्र पर्समा राख्दा धनसँग जोडिएको सबै समस्याको समाधान हुने विश्वास गरिन्छ । यदि तपाईं गोमती चक्रलाई सिन्दुर भएको चाँदीको डिब्बामा राख्ने गर्नुभयो भने व्यवसायमा उन्नति र नोकरीमा पदोन्नति हुने विश्वास रहेको छ ।

सेतो ढुङ्गा
सेता ढुङ्गाहरु पर्समा राख्दा आफ्नो कामप्रति सधैं सकारात्मक उर्जा प्राप्त हुन्छ । जसले सधैं शान्त राख्ने र थकावट कम गराउँछ भने सधैं कामप्रति लगनशिल पनि बनाउँछ ।

ओपल स्टोन
यस्तो स्टोन पर्समा राख्दा आर्थिक संकट कम हुँदै जान्छ । साथै, आफ्ना सम्बन्धहरुमा पनि मिठास पैदा हुने र दुरी घट्दै जान्छ । जो मानिसहरु संगीत, चित्रकला, नृत्य र थिएटरमा काम गर्छन् ती व्यक्तिका लागि यो स्टोन बोक्नु निकै राम्रो मानिन्छ ।

सुकेको नरिवल
सुकेको नरिवल पनि पर्समा राख्दा लाभ मिल्छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्नपहिले नरिवल फुटाइन्छ त्यस्तै गरेर सुकेको नरिवलको टुक्रा पर्समा राख्दा कहिल्यै पैसाको कमि हुँदैन ।

पीपल पात
यदि तपाईंको चाहिनेभन्दा बढी खर्च भइरहेको छ भने पर्समा एउटा पीपलको पात राख्ने गर्नुस् । त्यसले तपाईंको आम्दानी बढाउनुका साथै पैसाको कमिको महसुस हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस्