तीन सन्तानका पिता रवि लामिछानेले निकिताका लागि गरे इशालाई बिदा



काठमाडौं : चर्चित तर विवादास्पद सञ्चारकर्मी रवि लामिछाने तेस्रो विवाहको तयारी गर्दैछन् । चलचित्र विकास बोर्ड नेपालकी अध्यक्ष निकिता पौडेलसँग उनको तेस्रो लगनगाँठो जोडिन थालेको नेपाली सञ्चारमाध्यमहरूले जनाएका छन् । निकिता विगतमा सम्बन्धविच्छेद भइसकेकी एक छोरीकी आमा भएको स्रोतको दाबी छ । 

‘आक्रामक शैलीका कारण अचानक चर्चामा अएका रवि र तुलनात्मक रूपमा कम  उमेर र बिनायोगदान चलचित्र बोर्ड अध्यक्ष भएर आफ्नो राजनीतिक प्रभाव देखाएकी निकिताका बीच एक वर्षदेखि डेटिङ चल्दै आएको छ,’ स्रोतले भन्यो, ‘दुवै पहिलेका वैवाहिक सम्बन्धका कारण तनाव र अवसादमा रहेकाले सार्वजनिक स्थलमा एकअर्कालाई डेट गर्न चाहेनन् ।’

दुवै चिनिएका अनुहार भएका र सम्बन्धको संवेदनशीलताका कारण राजधानीका गौशाला र चाबहिलका बीचमा रहेको एउटा अपार्टमेन्टमा डेट गर्ने गरेका छन् । नेपाली चलचित्रकी नायिका रेखा थापाको समेत बसोबास रहेको त्यस अपार्टमेन्टमा निकिताको फ्ल्याट छ । 

निकिता नेपाली चलचित्रका वरिष्ठ निर्माता र गोपीकृष्ण मुभिजका प्रोपराइटर उद्धव पौडेलकी छोरी छिन् । रविकी पूर्वपत्नी इशाले चलचित्र विकास बोर्डका एक कर्मचारीसँग लसपस भएको र उनैसँग बिहा गर्ने इच्छाका कारण रविले आफूलाई जबर्जस्ती डिभोर्स दिएको बताएकी छिन् ।     

सामाजिक सञ्जालमा उनको बिग्रिँदो दाम्पत्य जीवन र अन्य प्रेम प्रसंगले चर्चा पाएपछि रवि आफैंले शुक्रबार आफ्ना दुईवटा सम्बन्धका बारेमा सार्वजनिक गरेका छन् । यी सम्बन्धमा रविले निकितालाई छोएका छैनन् । 

रविको यसअघि २४ वर्षअघि अमेरिका बस्ने इशासँग विवाह भएको थियो भने औपचारिक रूपमा इशासँगको सम्बन्धविच्छेद नहुँदै उनी अमेरिकामै विदेशीमूलकी एक युवतीसँग प्रेममा परेका थिए । ती युवतीबाट उनको एक छोरा छन् । पहिलो पत्नी इशाबाट भने उनका दुई छोरी छन् ।

रवि र इशाबीच केही दिनअघि मात्र डिभोर्स भएको थियो । 

प्रतिक्रिया दिनुहोस्