खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा



कैलाली : देशकै सर्वाधिक धनराशिको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही पुस २४ गते मङ्गलवारदेखि सुरु हुने  गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

धनगढी रङ्गशालामा हुने प्रतियोगितामा सहभागी टिमहरूको पनि टुङगो लागिसकेको छ । आयोजक बाहेक ९ वटा ए डिभिजनका सहित देशका १२ नेपाली तथा दुई विदेशी टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ । सुन्तला र निलो रंङगा दुई वटा जर्सी सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्