सुगतरत्न कंसाकारलाई कार्यकक्षमै दलियो कालोमोसो



काठमाडौं : नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि कालोमोसो दलिएको छ । वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार दिउँसो उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो । 

निगमले वाइडबडी ‘ए ३००’ नामक  दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर मोसो दलेका हुन् । 

महाप्रबन्धक कंसाकारले भने रकम मागिएकाे र नदिएपछि आफूलाई मोसो दलिएको बताएका छन्। 

शुक्रबार अपरान्ह ४ बजे मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले मागेको पैसा नदिँदा मोसो दलेको उनको भनाइ छ । कंसाकारकाले वैद्य समूहका दुईजना कार्यकर्ताले कार्यालयभित्रै मागेको पैसा दिन नसक्दा मोसो दलेको बताए ।

प्रतिक्रिया दिनुहोस्