धनिका कुराः अलीबाबा कम्पनीलाई पछि पार्दै मुकेश अम्बानीले आफ्नो सम्पत्तिमा थपे १८ खर्ब



एजेन्सी : रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर (करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ ।

एसियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयमा यस वर्ष ४० प्रतिशत वृद्धि भएपछि उनलाई फाइदा भएको हो । अम्बानीसँग रिलायन्सको ४७ प्रतिशतभन्दा बढी शेयर छ ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अम्बानीको अहिलेको सम्पत्ति ६०.८ बिलियन डलर (करिब ६९ खर्ब रुपैयाँ) छ । चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलबाबाका संस्थापक अध्यक्ष ज्याक माको सम्पत्तिमा यो वर्ष ११.३ बिलियन डलरको वृद्धि भएको छ । यससँगै उनको सम्पत्ति ४७ बिलियन डलर पुगेको छ ।

मुकेश अम्बानी गत वर्ष अलीबाबा कम्पनीका ज्याक मालाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्