अवैध नियुक्ति लिएका कर्मचारीको मुद्दा खारेज



जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा नियमविपरीत नियुक्ति पाएका कर्मचारीले दर्ता गरेको मुद्दा उच्च अदालत जनकपुरले खारेज गरिदिएको छ । जनकपुर अस्पताललाई विपक्षी बनाएर ६ जना कर्मचारीले मुद्दा दायर गरेका थिए ।

प्रदेश सरकारको निर्देशनअनुसार मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले अस्पताल विकास समिति भ‍ंग भएपछि भर्ना भएका कर्मचारीको नियुक्ति खारेज गर्न सुरु गरेका थिए । यसैमा असन्तुष्टि जनाउँदै ६ जना  कर्मचारीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

जनकपुर अञ्चल अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादवले  गैरकानुनी रूपमा आफ्ना नातेदार र नजिकका व्यक्तिलाई विभिन्न पदमा नियुक्त गरेका थिए ।

उच्च अदालत जनकपुरको निर्णयसँगै अवैध नियुक्ति लिएकालाई अवकाश दिने कानुनी बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्