यी हुन् उदाहरणीय जीवनशैली भएका विश्वका नेता



काठमाडौं: विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन्। उनीहरुलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ ।

 

राज्यको व्यभार कटौती गर्ने पनि छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवासमा क्याम्पस संचालन गर्न दिएका छन्। क्रोयसयाकी राष्ट्रपति कोलिन्डा ग्राभर आफ्नो घरको काम आफैँ गर्छिन्, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा अबकासपछि आफ्नै फाउन्डेनबाट समाजसेवामा सक्रिय छन्।

 

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटी सातामा एकदिन प्राथमिक विद्यालय पढाउन जान्छन्। साइकल चढेर कार्यालय आउने जाने गर्छन । नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्