१२ वर्षमै आमा बनिन् गंगामाया



काठमाडौं: मकवानपुर राक्सिराङ गाउँपालिका–७ गंगामाया चेपाङले १२ वर्षकै उमेरमा छोरीलाई जन्म दिएकी छन् । १८ पुसमा परोपकार प्रसूती गृहमा गंगामायाले जन्म दिएकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ।

 

चार कक्षासम्म पढेकी गंगामाया छोरी हेर्छिन, मुसार्छिन, आफैँ लजाउँछिन् ।  १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएको समाचार सार्वजनिक भएपछि अस्पतालमा उनलाई हेर्न जाने वढेका अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

 

उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचारमा चासो देखाएपछि गंगामायालाई काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्