गोप्य खाका बनाउँदै नेकपा कार्यदल



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रुपमा अघि वढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको छ ।

 

ललितपुरको एक होटलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार सदस्यहरु छलफलमा जुटे ।केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरुको एकीकरणदेखि पोलिटव्युरो गठनसम्मको प्रष्ट खाका तयार पार्ने म्याण्डेट कार्यदललाई दिइएको खबर आजको नयाँ पत्रिकामा छ ।

 

१६ पुसमा कार्यदल सदस्यहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रस्ट खाका तयार पारिसक्न निर्देशन दिएका थिए । कार्यविभाजनको खाका तयार नपारेसम्म गृहकार्य सार्वजनिक नगर्न निर्देशन दिएकाले कार्यदल सदस्यहरु खुल्न चाहेका छैनन्।

प्रतिक्रिया दिनुहोस्