नागरिकता एेन २०६३ संशाेधनकाे विधेयक शंकाकाे घेरामा



काठमाडौं : सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरमा परेको छ ।

 

संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई राज्य व्यवस्था समितिमा आएको विधेयकमा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गर्नुपर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् ।

 

स्रोतका अनुसार विधेयकमा गृहमन्त्री थापाले असन्तुष्टि जनाएपछि उपप्रधानमन्त्री पोखरेलले हस्ताक्षर गरेको बताइएको छ । विधेयकमा असहमति व्यक्त नगर्ने शर्तमा मन्त्री थापा चुपचाप लागेको स्रोतको दाबी छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।

 

‘गृहमन्त्रीले किन हस्ताक्षर गर्नु भएन भन्ने बुझनुपर्छ अहिले नै भन्न सकिएन’ प्रवक्ता सुबेदीले भने । संसद सचिवालयमा साउन २२ गते प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएर ६ दिनपछि संसदमा उक्त विधेयक प्रस्तुत गरिएको थियो । समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्