आजको राशिफल: पुष २१ गते, शनिवार



वि.सं.२०७५ पुष २१ गते, शनिवार । इस्वी सन् २०१९ जनवरी ०५ तारिख । नेपाल संवत् ११३९ । श्रीशाके १९४० । पुष कृष्ण पक्ष । आजको राशिफल:

 

मेष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

 

वृष : नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्ध हुने अवसर मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

 

मिथुन : मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

 

कर्कट : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । प्रेम अझ कसिलो हुने छ ।

 

सिंह : प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

 

कन्या : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

 

तुला : रोजगारको अवसर मिलनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।

 

वृश्चिक : नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । पारिवारिक झमेला रहला ।

 

धनु : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

 

मकर : घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

 

कुम्भ : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

 

मीन : रमणीय र सुखद यात्राको योग छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । अधुरो काम बन्नेछ । पारिवारिक जमघटले मन प्रफुल्ल रहने छ ।

प्रतिक्रिया दिनुहोस्